काठमाडौँ । मंसिर २४ गते ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भयो । बैंकको सप्तरीस्थित रुपनी शाखाबाट ऋण असुलीका लागि गएका दुई जना कर्मचारीमाथि ऋणीले दुर्व्यवहार गरेका थिए ।
ऋणी, ऋणीका परिवार र आफन्तले बैंकका कर्मचारीलाई कालोमोसो दलेर, जुत्ताको माला लगाइ कुटपिटसमेत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले बैंकिङ क्षेत्रमा तरंग पैदा भएको छ । त्यति मात्र होइन, अहिले बैंकका कर्मचारीहरु त्राहिमाम छन् । स्वयम् ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालले पनि कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनाले कर्मचारीको मनोबल नमज्जासँग गिरेको बताएका छन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै बरालले कानूनी प्रक्रिया अनुसार नै ऋणका विषयमा छलफल गर्न गएका कर्मचारीमाथि ऋणीले दुर्व्यवहार गरेको बताएका छन् । उनले ऋणी, ऋणीको परिवार र आफन्तले बैंकका कर्मचारीलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको पनि बताएका छन् । ‘ऋणबारे छलफल गर्न भन्दै गएका कर्मचारीलाई एक्कासी दुर्व्यवहार गरिएको छ ।’, उनले भने, ‘दुर्व्यवहार मात्र होइन, कर्मचारीमाथि कुटपिट पनि भएको छ ।’
के भन्छन् ऋणी ?
यता ऋणीको तर्क भने अर्कै छ । आफूहरुले बैंकबाट लिएको ऋण तिर्छौं भन्दा भन्दै बैंकले जबरजस्ती धितो लिलाम गर्न खोजेको ऋणी प्रभु नारायण चौधरीको आरोप छ ।
चौधरीका अनुसार ज्योति विकास बैंकबाट २०७८ बैशाख २३ गते सप्तकोशी नगरपालिका–७ स्थिति इन्ट्रीग्रेटेड एग्रो फर्म प्रालिका नाममा साढे ४ करोड रुपैयाँ ऋण लिइएको थियो । चौधरी उक्त फर्मका सेयरधनी हुन । अन्य सेयरधनीहरु संजिव कुमार चौधरी, पंचदेव चौधरी र उमाकान्त चौधरी हुन् । विभिन्न समयमा साँवा र ब्याज गरी हालसम्म २ करोड रुपैयाँ तिरिसकेको चौधरीले बताएका छन् । तर, मन्दीका कारण बैंकको किस्ता तिर्न कठिनाइ हुँदा किस्ता अनियमित भएको चौधरीले स्वीकारेका छन् ।
किस्ता अनियमित भएपछि आफूहरुले बैंकमा सम्पर्क गरेको र ऋण तिर्ने प्रतिबद्धता गर्दै हेड अफिसमा जानकारी गराएको चौधरीले बताए । ‘हामीले ऋण तिर्दैनौँ भनेको होइन, ऋण तिर्ने हो । तर अफ्ठ्यारो परेको बेला केही समय रोक्नुस्, सम्पत्ति बेचेर सबै ऋण चुक्ता गर्छौं भनेका थियौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘तर सुरुमा हुन्छ भनेको बैंकले पछि हामीसँग समन्वय नै नगरी धितो लिलामीको प्रक्रिया अगाडि बढायो ।’
चौधरीका अनुसार बैंकले धितोको फोटो/भिडियो खिचेर लिलामीका लागि सूचना नै जारी गरेको थियो । मंसिर २४ गते पनि बैंकका कर्मचारी तेस्रो व्यक्तिलाई धितो बापतको सम्पत्ति देखाउन आएका थिए । सोही बेला प्रतिवाद गर्ने क्रममा कर्मचारीमाथि दुर्व्यवहार भएको उनले स्वीकारेका छन् ।
अनि बैंकका कर्मचारीलाई कालोमोसो दलेर, कुटपिट गरेर समस्या समाधान भयो ? त्यस्तो गर्नु ठिक हो ? भन्ने हाम्रो प्रश्नमा उनले आफूहरुको उद्देश्य कर्मचारीमाथि दुर्व्यवहार गर्नु नभएको बताए । तर, जबरजस्ती धितो लिलाम गर्न खोजेपछि आक्रोशमा कर्मचारीमाथि दुर्व्यवहार भएको र उक्त कार्य गलत भएको चौधरीले बताएका छन् । ‘होइन, कर्मचारीमाथि दुर्व्यवहार गर्नु ठिक होइन ।’, उनले भने, ‘तर आक्रोशमा भयो । हाम्रो उद्देश्य कर्मचारीलाई दुर्व्यवहार गर्नु थिए ।’
यतिसम्म कि उनले बैंकका कर्मचारीमाथि आफूहरुले नभएर मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त वित्तीय शोषणविरुद्धको संघर्ष समितिका मान्छेले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

के भन्छन् ज्ञवाली ?
यता मनिराम ज्ञवालीले भने ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारमा आफूहरुको कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै ज्ञवालीले ‘बैंकले जबरजस्ती धितो लिलाम गर्न लाग्यो, रोकिदिनुपर्यो’ भन्दै फोन आएपछि समन्वय गर्न संघर्ष समितिका साथिहरु गएको तर बैंकका कर्मचारीमाथि कुनै दुर्व्यवहार नगरेको बताएका छन् ।
‘हामीलाई धितो जोगाइदिनुपर्यो भनेर फोन आएपछि हाम्रा साथीहरु समन्वयका लागि गएका हुन् ।’, उनले भने, ‘तर हाम्रा साथीहरु त्यहाँ पुग्दा घटना घटिसकेको थियो । कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाइसकिएको थियो ।’ त्यसपछि पनि आफूहरुले दुर्व्यवहारको भिडियो सार्वजनिक नगर्न भन्दै दुई पक्षबीच सहमति गराएको ज्ञवालीले बताएका छन् । ‘कर्मचारीमाथि दुर्व्यवहार भइसकेको थियो । भिडियो पनि खिचेका रहेछन् । हामीले भिडियो सार्वजनिक नगर्नुस् भनेका थियौँ । सहमति पनि भएको हो । तर भिडियो सार्वजनिक गरेछन् । जुन गलत हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्