Skip to content
LAXMI SUNRISE BANK

आइतबार १९.९२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार स्वस्तिक लघुवित्तको भएको छ । यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK