Skip to content
LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्सका सिइओ हाजिरी गरेर एमालेको महाधिवेसनमा, ‘म झोले’ भन्नेहरुसँग माग्दैछन् भोट !

अर्थ सरोकार

काठमाडौँ । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एमालेको महाधिवेशनमा उम्मेदवार छन् । कम्पनीमा सिइओ अशोक खड्काले एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका हुन् ।

सिइओ खड्का एमालेको महाधिवेशनमा मधेश प्रदेश भूगोलको तर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवार हुन् । उनी मंसिर २९ गते (मंगलबार) देखि नै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् ।

कम्पनीका एक कर्मचारीका अनुसार सिइओ खड्का बिहान केहीबेर अफिस पुगेर हाजिरी गरि फेरि एमालेको महाधिवेशनमा जाने गरेका छन् । ‘एमालेको महाधिवेशन सुरु भएपछि सिइओ सर दिनभर प्रायः उतै हुनुहुन्छ ।’, ती कर्मचारीले भने, ‘बिहान आएर हाजिरी लगाए जानुहुन्छ ।’

नेको इन्स्योरेन्सको सिइओ पदमा बहाल रहँदै एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर ‘म झोले’ भन्नेहरुसँग भोट माग्दै हिँडेपछि अहिले सिइओ खड्का विवादमा तानिएका छन् । 

यतिसम्म कि खड्काले सामाजिक सञ्जालमार्फत खुलेआम एमालेको केन्द्रीय सदस्यका लागि भोट मागेका थिए । उनले पार्टीको चुनाव चिन्हसहित तयार गरिएको पोस्टरमा आफ्नो नाम क. अशोक केसी खड्का लेखाएका छन् । सिइओ पदमा बहाल रहेकै अवस्थामा अफिस छोडेर राजनीतिक रुपमा एमालेको केन्द्रीय सदस्य पदमा भोट माग्न हिँडेपछि उनी विवादमा तानिएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK