Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डले सीआईबीलाई पठाएको दिपेन्द्र अग्रवाल सम्बन्धी प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबारी दिपेन्द्र अग्रवाल सम्बन्धी गरेको अध्ययन प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ । 

सेयर बजारमा झुठो कारोबार र मूल्य प्रभावित कसुरमा सीआईबीले पक्राउ गरेपछि धितोपत्र बोर्डले अग्रवाल सम्बन्धी गरेको अध्ययन प्रतिवेदन सीआईबीमा पठाएको हो । 

यसो त धितोपत्र बोर्डले लगानीकर्ता अग्रवालले सेयर खरिद बिक्री गर्न उक्साउने उद्देश्यले झुठा र भ्रामक विवरण सम्प्रेषण गर्ने र पूर्व अनुमान बनाउने काम गरेको हुनसक्ने र धितोपत्र बजारलाई प्रभावित पारेको हुनसक्ने सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्न जाँचबुझ अधिकृत तोकेको थियो ।

बोर्डले कामु कार्यकारी निर्देशक रुपेश केसीलाई प्रारम्भिक जाँचबुझ अधिकृत तोकेको थियो । उनै केसीले दिएको ‘धितोपत्र बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले सेयर खरिद बिक्री गर्न उक्साउने उद्देश्यले झुठा भ्रामक विवरण सम्प्रेषण गर्ने तथा पूर्व अनुमान बनाउने काम गरे/नगरेको र धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८२’ बोर्डले सीआईबीमा बुझाएको छ । यस्तो छ प्रतिवेदनः 

Report Dipendra agrawal
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK