काठमाडौँ । बालेन्द्र शाह (बालेन) इलाम पुगेका छन् । झापा-५ का उम्मेदवारसमेत रहेका बालेन बिहीबार चुनावी प्रचारका लागि इलाम पुगेका हुन् ।
उनी इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम-२ का उम्मेदवार गोकुल बहादुर राईको चुनावी प्रचारमा सहभागी हुन बालेन इलाम पुगेका छन् । बालेन बिहानैदेखि चुनावी प्रचारमा हिँडेका छन् ।
बिहानैदेखि चुनावी प्रचारमा हिँडेका बालेनले इलामका मतदाताहरुसँग भेटघाट गरिरहेका छन् । बालेन इलाम पुग्दा इलामका बा-आमाहरुमा खुसियाली देखिएको छ । वृद्ध बा-आमाहरुले पनि बालेनलाई भेटेर निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता गरिरहेका छन् ।
अर्कोतर्फ इलाममा वृद्धपुस्ता मात्र नभएर बालबालिकामा पनि बालेनको राम्रै क्रेज देखिएको छ । स्कुल हिँडिरहेका बालबालिकाहरुले पनि बालेनसँग फोटो खिचाउँदै खुसी साटिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्