काठमाडौँ । काठमाडौँमा जाम मात्र होइन, अत्याधिक सडक दुर्घटना पनि हुन्छ । अझ पछिल्लो समय बढ्दो जनघनत्व, सवारी चाप र साँघुरा सडकका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।
दिनहूँ सवारी दुर्घटना हुन थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले अत्याधिक सडक दुर्घटना हुने ठाउँ पहिचान गरी सूची नै बनाएको छ । त्यस्ता २९ वटा ठाउँहरुलाई ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ भनेको छ ।
ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ भनेर तयार गरेको सूचीमा सबैभन्दा बढी दुर्घटना हुने ठाउँका रुपमा कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गठ्ठाघर र बौद्धलाई पहिचान गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ कोटेश्वर–बालकुमारीमा २९ दुर्घटना भएका थिए । कोटेश्वर जडिबुटीमा ३१, कोटेश्वर–गौरीगाउँमा २३, मनिभैरव–बानेश्वरमा २६ दुर्घटना भएका थिए ।
त्यस्तै, ग्वार्को–सातदोबाटोमा १७, सातदोबाटो–हात्तिवनमा १६, सातदोबाटो एकान्तकुनामा १९, भक्तपुरको सल्लाघारी–जगातीमा १९, सल्लाघारी–चारदोबाटोमा २३, जगाती–साँगामा १४, जावलाखोल अन्तर्गतको एकान्तकुना–नख्खुमा २४, काँडाघारी अन्तर्गत पेप्सीकोला र छाप्रोमा २१, कलंकी अन्तर्गत कलंकी–एमालेको पूरानो पार्टी कार्यालयमा २२, कलंकी–ढुंगे अड्डामा १७, कलंकी–मकालु पेट्रोल पम्पमा २० र महाराजगञ्ज अन्तर्गत नारायणगोपाल चोक–बसुन्धारामा २१, नारायणगोपाल चोक–धुम्बाराहीमा १३ दुर्घटना भएका छन् ।
त्यस्तै, नयाँ बसपार्क अन्तर्गत माछापोखरी–सामाखुसीमा १५, माछापोखरी–बालाजुमा ११, बल्खु अन्तर्गत सानेपा पुल–एमाले पार्टी कार्यालयमा १४, गौशाला अन्तर्गत मित्रपार्क–चाबहिलमा १५, स्वयम्भू अन्तर्गत हल्चोक–बनस्थलीमा १३, हल्चोक–मकालु पेट्रोल पम्पमा ११, सानेपा अन्तर्गत धोबिघाट–सानेपा पुलमा १८, सिंहदरबार अन्तर्गत माइतीघर–बिजुलीबजार पुलमा २०, गट्ठाघर अन्तर्गत गट्ठाघर–लोकन्थलीमा २२, चारदोबाटो–लोकन्थलीमा २३, कौशलटार चोकमा १८ र बौद्ध अन्तर्गत बौद्ध गेट– लामा पम्पमा २९ दुर्घटना भएका छन् ।
यसरी धेरै दुर्घटना हुने ठाउँको पहिचान गरी उपत्यका ट्राफिक प्रहरीले यस्ता ठाउँलाई प्राथमिकतामा राखेर ‘ट्राफिक सप्ताह–२०८२’ अन्तर्गत दुर्घटना न्युनिकरणका लागि काम गर्ने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्