Skip to content
LAXMI SUNRISE BANK

पाल्पा सिमेन्टको आइपिओ विवादमा, स्थानीयलाई छुटाइएको भन्दै चौतर्फी विरोध, नगरपालिकाले काट्यो पत्र

अर्थ सरोकार

काठमाडौँ । पुष २५ गतेदेखि निष्कासन हुन लागेको पाल्पा सिमेन्टको आइपिओ विवादमा तानिएको छ । पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागिएको आइपिओ निष्कासन हुन नपाउँदै विवादमा तानिएको हो । 

हाल आइपिओमा प्रभावित क्षेत्र देवदह नगरपालिकाका स्थानीयलाई छुटाइएको भन्दै विरोध भइरहेको छ । 

आइपिओमा स्थानीयलाई छुटाइएको भन्दै चौतर्फी विरोध भएपछि देवदह नगरपालिकाले कम्पनीलाई पत्र नै काटेर देवदहका स्थानीयलाई पनि आइपिओमा समावेश गर्न अनुरोध गरेको छ ।

‘…उद्योगबाट उत्पन्न हुने वातावरणीय लगायतका प्रदुषणका प्रभावहरु देवदह नगरपालिकाका स्थानीय बासिन्दाहरुमा समेत प्रत्यक्ष रुपमा देखिएकोले यस नगरपालिकालाई समेत अनिवार्य रुपमा प्रभावित क्षेत्रको रुपमा समावेश गरी स्थानीय समुदायलाई मापदण्ड अनुसार आइपिओमा सहभागिताको सुनिश्चितता प्रदान गर्न अनुरोध छ ।’, देवदह नगरपालिकाले काटको पत्रमा उल्लेख छ । 

यता स्थानीयहरुले पनि कम्पनीले आइपिओमा विभेद गरेर प्रभावित क्षेत्र देवदहका स्थानीयलाई ‘बाईकट’ गरेको आरोप लगाउँदै आइपिओको विरोध गरेका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK