Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २१.६२ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६३८.६० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेपाल एसबिआई बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK