Skip to content
LAXMI SUNRISE BANK

आजदेखि चुनाव अवधिभर रक्सी बेच्न नपाइने, बेचे कारवाही !

अर्थ सरोकार

काठमाडौँ । आजदेखि चुनाव अवधिभर मादक पदार्थ (रक्सी) बेच्न नपाइने भएको छ । उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मिति (फागुन २१ गते) भन्दा ७ दिन अघिदेखि अर्थात आजैदेखि मादक पदार्थ बिक्री-बिक्री तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

निर्वाचन सुरक्षा निर्देशिका, २०७८ को दफा ३ बमोजिम समितिको बैठकले निर्वाचनको अन्तिम परिणाम घोषणा भएसम्म रक्सी वितरणमा प्रतिबन्ध लगाएको निर्णय गरेको छ । 

त्यस्तै, सुरक्षा समितिले फागुन १८ गते राती १२ बजेदेखि चुनाव प्रचारमा रोक लगाउने निर्णय गरेको छ । उक्त अवधिमा कुनै पनि प्रचार गतिविधि गर्न पाइने छैन । आचारसंहितको उल्लंघन गर्दै चुनावी प्रचार गरे कारवाही गरिने भएको छ । 

त्यस्तै, मतदानको दिन (फागुन २१ गते) अत्यावश्यक सेवाका सवारी साधन, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । अत्यावश्यक बाहेकका सवारी साधन मतदान सम्पन्न नभएसम्मका लागि चलाउन पाइने छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK