काठमाडौँ । निर्वाचन आयोगले आशिका तामाङको उम्मेदवारी खारेजीको विषय हल्ला मात्र भएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका हुन् ।
‘मलाई पनि उक्त विषयमा थुप्रै फोन आएका छन् । निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्ने उजुरी वा सिकायत परेको हामीलाई थाहा छैन ।’, प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘उजुरी पर्यो र वस्तुगत रुपमा प्रमाणित भयो भने कानून अनुसार कारवाही गर्छौं ।’
बिहीबार सामाजिक सञ्जालमा एकाएक आशिका तामाङको उम्मेदवारी खारेजीको हल्ला चलेको थियो । आयोगले उक्त हल्ला केवल अफवाह भएको बताएको छ ।
तामाङले धादिङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी छिन् । उम्मेदवारी खारेजीका विषयमा सामाजिक सञ्जालमा पोष्ट गर्दै तामाङले यस्ता अफवाहको पछि नलाग्न मतदाताहरुलाई आग्रह गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्