काठमाडौँ । कैलालीमा तस्करीका खाट बरामद गरिएका छन् । इलाका प्रहरी कार्यालय हसुलियाले भारतबाट तस्करी गरेर नेपाल ल्याइँदै गरेका १६ थान खाट बरामद गरेको हो ।
खाटसहित प्रहरीले तस्करीमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवैजना भारतीय नागरिक हुन् ।
लुकिछिपी भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका १६ थान खाटसहित भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल र कपडा पनि बरामद गरिएको छ । बरामद गरिएका सामानहरु ३ लाख ४ हजार मूल्य बराबरका रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त सामान कैलारी गाउँपालिका-५, विसनपुरबाट बरामद गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्