Skip to content
LAXMI SUNRISE BANK

घाम उर्जा सेवाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । घाम उर्जा सेवा लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

यो साझेदारीले घाम ऊर्जा सेवाको नेपालभर नवीकरणीय ऊर्जा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

सम्झौतापत्रमा घाम ऊर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् । दुवै पक्षले यस साझेदारीप्रति उत्साह व्यक्त गर्दै आईपीओलाई सफल बनाउन र सरोकारवालाहरूका लागि उत्कृष्ट प्रतिफल सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।

घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधिहरू उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालित यस कम्पनीले व्यवसायहरूलाई कुनै पनि प्रारम्भिक लागत बिना उर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दछ । कार्बन उत्सर्जन घटाउन र सञ्चालन लागत कम गर्न मद्दत गर्दै घाम ऊर्जाले सामाजिक तथा आर्थिक प्रभाव र जलवायु परिवर्तन विरुद्ध सक्रिय भूमिका खेलिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK