Skip to content
LAXMI SUNRISE BANK

पोखरा फाइनान्समाथि गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा, समृद्धिसँग मर्ज हुँदै !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले फाइनान्समाथि गरिएको कारवाही फुकुवा भएको जनाएको हो ।

न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै राष्ट्र बैंकले फाइनान्सलाई ‘शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४’ अनुसार २०८१ माघ २३ गते कारवाही गरेको थियो ।

राष्ट्र बैंकका अनुसार कम्पनीको २०८० पुस मसान्तको वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक विवरणको निरीक्षण गर्दा पुँजीकोष निकै कम देखिएको थियो । सोही कारण राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो ।

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जर प्रक्रियामा छन् । मर्जरका लागि राष्ट्र बैंकले यी दुई कम्पनीलाई बैशाख १७ गते स्वीकृति दिइसकेको छ । मर्जरपछि संस्थाको संयुक्त पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुग्ने देखिएको छ । यो सुधार देखिएसँगै असार १० गतेको निर्णय अनुसार दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्ने मितिदेखि लागू हुनेगरी पोखरा फाइनान्समाथि गरिएको कारवाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ सूचना: 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK