Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ७.२५ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७२६.४९ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, 7% नबिल डेबेञ्चर २०८९ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK