काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई टिएमएसको आईटी अडिट र भिएपिटी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । टिएमएसका सम्बन्धमा लगानीकर्ताको गुनासो बढेपछि बोर्डले नेप्सेलाई यस्तो निर्देशन दिएको हो ।
बोर्डले नेप्सेलाई धितोपत्र कारोबार प्रणाली (नट्स)मा समस्या देखिँदै आएकोमा समस्या पहिचान सहित नयाँ उपकरणको समेत कारोबार सहजता हुनेगरी कारोबार प्रणालीलाई थप आधुनिक र सक्षम बनाउँदै सुरक्षित कारोबार प्रणालीको सुनिश्चितता गर्न पनि पनि निर्देशन दिएको छ ।
त्यस्तै, धितोपत्रको कारोबार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकता (एआई)का आधारमा कुनै प्रविधिको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्थाका लागि अन्तराष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार र आवश्यक कानूनी तथा अन्य व्यवस्था सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्न पनि बोर्डले निर्देशन दिएको छ ।
अर्कोतर्फ अर्को व्यवस्था नभएसम्मका लागि सम्पूर्ण टिएमएसमा एआईका आधारमा कुनै प्रविधिको प्रयोग गरेर हुने कारोबार रोक्न र एआई प्रयोग गरेर कारोबार नगर्न लगानीकर्ताका लागि सूचना जारी गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।
त्यस्तै, बोर्डले मोबाइल एपमार्फत दोस्रो बजारमा कारोबार गर्न मिल्ने व्यवस्था गर्न, आफ्टर मार्केट अर्डर (एएमओ) प्रधावकारी रुपमा लागू गर्न, सि-केवाईसीलाई टिएमएससँग जोड्न, नेप्से सूचकांकलाई ‘अल इक्वीटी इन्डेक्स’का रुपमा कायम राखी ‘फ्रि फ्लोट सेयर’को आधारमा नयाँ सूचकांक विकास गरी बेन्चमार्क सूचकांकको रुपमा प्रयोग गर्ने व्यवस्थाका लागि तत्काल कार्य अघि बढाउन र फ्रि फ्लोट सेयरको आधारमा नयाँ सूचकांक विकास गरी बेन्चमार्क सूचकांका रुपमा प्रयोग गरी सोको आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।
बोर्डले सेयर कारोबारलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउन विभिन्न निकायका लागि निर्देशन जारी गरेको जनाएको छ । नेप्सेसँगै बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, योजना व्यवस्थापक तथा डिपोजिटरी र सूचीकृत कम्पनीका लागि पनि निर्देशन जारी गरेको हो ।
यस्तो छ बोर्डले नेप्सेलाई दिएका निर्देशनहरुः
Nepse nirdeshan
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्