Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा, नेपाल-भारत रक्षा सम्बन्ध थप सुदृढ हुने अपेक्षा

अर्थ सरोकार

काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ, पीभीएसएम, युवाईएसएम, एभीएसएम नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनको भ्रमणले नेपाल र भारतबीचको लामो समयदेखिको विशिष्ट रक्षा साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

जनरल सेठको नेपाल भ्रमण नेपाल र भारतका सेनाध्यक्षलाई एकअर्काको सेनामा मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने विशेष तथा ऐतिहासिक परम्परासँग जोडिएको छ । यो परम्परा दुई देशबीचको असाधारण सैन्य सम्बन्धको प्रतीकका रूपमा रहँदै आएको छ ।

काठमाडौं आइपुगेपछि जनरल सेठलाई नेपाली सेनाका वरिष्ठ अधिकारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग समेत भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा रक्षा र सुरक्षा क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भारतीय सेनाध्यक्षको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्दै रक्षा तथा सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK