Skip to content
LAXMI SUNRISE BANK

नाइमामा गएकाहरु खाली स्टल देखेर ट्वाँ !, गाडी हेर्न गएकाहरु ‘भोलि भेटौँला’ भन्ने सन्देश पढेर फर्किए

अर्थ सरोकार

काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो हेर्न गएकाहरु आफूले हेर्न गएको गाडी नै हेर्न नपाएर फर्किएको पाइएको छ । विवादित संचालकका कारण सरकारले पनि साथ नदिएको नाइमालाई मौसमले पनि साथ नदिएपछि कतिपय गाडी नाकामै रोकिएका छन् । कतिपय गाडी नाइमाको व्यवस्थापकीय कमजोरीका कारण स्टलसम्म नपुगेको देखिएको छ । 

एक्स्पोमा होङ्सीआर्फक्स ब्रान्डका गाडी हेर्न गएकाहरु गाडी नै हेर्न नपाई फर्किएका हुन् । 

होङ्सी ब्रान्डको गाडी विशाल ग्रुपले, र आर्फक्स ब्रान्ड लक्ष्मी ग्रुपले ल्याउने तयारी गरेका थिए । तर गाडी ल्याउन नसकेपछि उनीहरुले ’भोलि भेटौँला’ भन्ने सन्देश राखेर खाली स्टल अवलोकनकर्तालाई देखाएका छन् । 

पर्याप्त समय भए पनि सो गाडीहरु ढिलोगरी अर्डर गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK