काठमाडौँ । लाखौँ सेयर लगानीकर्ताको डाटा ‘सेटिङ’ मै निजी कम्पनी डाटा हबमा राखिँदा ह्याकरको पहुँचमा कारोबार विवरण पुगेको छ । नेप्सेको टिएमएस बनाउने वाईको संचालककै कम्पनी डाटा हबमा राखिएको सेयर लगानीकर्ताको डाटामा ह्याकरको पहुँच पुगेको हो ।
डाटा हबले समेत आफ्नो सिष्टममा ह्याकरको पहुँच भएको स्वीकार गरेको छ ।
बर्षैपिच्छे नेप्सेलाई मोटो रकम घुस खुवाएर लगानीकर्ताका गोप्य विवरणमासमेत छेडखानी गरिरहेको आरोप लाग्ने गरेको कम्पनी डाटा हब हदैसम्म असुरक्षित रहेको तथ्य आईटी अडिटको क्रममा देखिएको थियो । अन्ततः डाटा हब हदैसम्म असुरक्षित रहेको प्रमाण तथ्यगत रुपमै पुष्टि भएको छ ।
डाटा हबको ह्याक प्रकरणले डाटा हब कुन हदसम्म असुरक्षित छ र लगानीकर्ताको डाटामाथि कुन हदसम्मको लापरवाही भइरहेको छ भन्ने तथ्यसमेत प्रमाणित भएको छ । सेयर बजारका ठूला लगानीकर्ताले डाटा हब, वाईको लगायतसँग घुस दिएर डाटा किन्ने र त्यही अनुसारको सेयर कारोबार गर्ने गरेको आरोपसमेत लाग्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्