Skip to content
LAXMI SUNRISE BANK

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ६ गते न्यूयोर्क जाँदै बालेन

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) असोज ६ गते न्यूयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन ६ गते न्यूयोर्क जाने भएका हुन् । 

महासभामा सम्बोधन गर्न छोटो अवधिका लागि न्यूयोर्क जान लागेका बालेन असोज ९ गते स्वदेश फर्किनेछन् । 

महासभामा प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनले नेपालमा गरेको असर र क्षतिका बारेमा ध्यानाकर्षण गराउनेछन् । प्रधानमन्त्रीसहित १० जनासम्मको प्रतिनिधिमण्डल न्यूयोर्क जाने कार्यक्रम तय भएको छ ।

यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वको प्रतिनिधिमण्डल जाने कार्यक्रम तय भएको थियो । तर, भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री नै महासभामा सहभागी हुन लागेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK