काठमाडौँ । बाढी पीडितका लागि पठाउन लागिएका खाद्यान्न म्याद गुज्रेको फेला परेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा राहतका लागि पठाउन लागिएका खाद्यान्न म्याद गुज्रेको फेला परेको हो ।
अनुगमनका क्रममा बाढीपीडितलाई वितरण गर्न ठिक पारिएका चामल, आटा, भुजा र चिप्स लगायतका खाद्य सामाग्री म्याद गुज्रिएको अवस्थामा फेला परेका छन् ।
विभागका अनुसार बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा भण्डारण गरिएका राहत सामाग्री म्याद गुज्रेको अवस्थामा भेटिएका हुन् ।
सहरी विभाग तथा भवन निर्माण विभागमा यशोधा फुड्स प्रालि (रुपन्देही)को ‘करेन्ट चिप्स’ र गिरिधारी फुड प्रोडक्ट (बुटवल)को ‘भुजा’को म्याद सकिएको पाइएको छ ।
प्रहरी तालिम केन्द्रमा चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा र राधा स्वामी सत्सङमा जयश्री उसिना चामल (२५ किलोको बोरा) म्याद गुज्रिएको भेटिएको हो । विभागले उपभोक्ताले प्रयोग गर्न नमिल्ने अवस्थामा भेटिएका ती खाद्यान्न नष्ट गरी थप कारवाही प्रक्रिया अघि बढाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्