Skip to content
LAXMI SUNRISE BANK

ऋण असुलीका नाममा ऋणीलाई दुःख दिए कारवाही गर्न गृह मन्त्रालयको निर्देशन, उठ्ने ऋण पनि अब नउठ्ने चिन्तामा बैंकर !

अर्थ सरोकार

काठमाडौँ । गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने र यातना दिनेलाई कारवाही गर्न निर्देशन दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग भएको सम्झौताको बुँदा नं. ८ कार्यान्वयन गर्न एक परिपत्र जारी गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सचिवस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरुले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने वा यातना दिने काम गरे कारवाही गर्न भनेको छ । 

योसँगै अब ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड, गाली बेइज्जती, दुर्व्यहार लगायतका गैरकानूनी कार्य गर्नेलाई कारवाही हुनेछ । 

त्यसका लागि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपर्नेछ भने प्रशासनले सोही उजुरीका आधारमा कारवाही प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ । 

यता गृह मन्त्रालयको यस्तो परिपत्रसँगै बैंक तथा वित्तीय संस्थाहरु ऋण नउठ्ने चिन्तामा छन् । यसै पनि बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढिरहेको बेला सरकारले नै ‘ऋण असुलीमा निर्मम नबन्नु’ भन्ने आशयसहितको परिपत्र जारी गरेपछि उठ्ने ऋण पनि नउठ्ने खतरा बढ्ने भन्दै बैंकरहरुले चिन्ता व्यक्त गरेका छन् । यस्तो छ गृहको परिपत्रः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK