Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको निरीक्षण टोलीले भन्यो- ‘सहकारीहरुले बचत ल्याउनेलाई कमिसन दिने गरेको पाइयो’

अर्थ सरोकार

काठमाडौँ । सहकारीले आफ्ना कर्मचारीलाई बचत संकलनमा कमिसन दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको टोलीले गरेको सुपरीवेक्षणका क्रममा सहकारी संस्थाहरुले बचत आकर्षण गर्न कर्मचारी तथा सदस्यलाई कमिसन दिने गरेको पाइएको हो ।

उक्त टोली गरेको १२ वटा सहकारीको स्थलगत निरीक्षणका क्रममा कतिपय सहकारीले बचत संकलन गर्दा कमिसन दिने गरेको भेटिएको छ 

निरीक्षणमा सहभागी एक सदस्यका अनुसार सहकारीले बचत ल्याउने कर्मचारीलाई बचत रकमको ६-७ प्रतिशतसम्म कमिसन दिने गरेका छन् । 

यसरी बचतमा कमिसन दिँदा सहकारीको लागत बढ्न जान्छ । हाल सहकारीहरुले बचतमा ११ देखि १२ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । यता निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिए पनि सहकारीहरुले कर्जामा १३ प्रतिशत भन्दा धेरै ब्याज लिन पाउँदैनन् । यही कारण पनि सहकारी दिगो नहुने र डुब्ने जोखिम निरीक्षणले औँल्याएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK