काठमाडौँ । काठमाडौँमा एकदिनमै ३ हजार ७५ ग्यास सिलिन्डर साटिएका छन् । दशैँको मुखमा ग्यास अभावलाई सहज गर्न भन्दै फरक कम्पनीका ३ हजार ७५ ग्यास सिलिन्डर साटिएका हुन् ।
दशैँको मुखमा नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा काठमाडौँका ६ स्थानबाट फरक कम्पनीका ग्यास सटही भइरहेको छ ।
निगमका अनुसार ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाडौँ कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटिएको छ । भने बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास वितरण भइरहेको छ ।
त्यस्तै, पेप्सीकोलामा सगर र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्न सकिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यी ठाउँमा उपभोक्ताले आफूसँग भएको जुनसुकै खाली सिलिन्डर साटेर ग्यास लिन सकिनेछ । सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्