काठमाडौँ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सिटिजन्स सेयर ब्रोकर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय, कुपण्डोलमा सञ्चालक समितिका अध्यक्ष रवि कुमार रौनियारको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभाले चुक्ता पूँजीको ४.६५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको २० करोड चुक्ता पूँजीका आधारमा उक्त लाभांशबापत ९३ लाख रुपैयाँ वितरण गरिनेछ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले रु. ९९ लाख २ हजार ७ सय ९६ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण भएका वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकमा प्रसिद्ध एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने तथा सञचालक नियुक्ति अनुमोदन गर्ने प्रस्तावका साथै कम्पनीको नियमावली संशोधन र कर्जा सुविधा सम्बन्धी विशेष प्रस्तावहरू पनि पारित गरेको छ ।
साधारण सभाका सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश राज पोखरेल प्रमुख अतिथि थिए । सभाको सञ्चालन तथा धन्यवाद ज्ञापन कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मनिष अर्यालले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्