काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को टिकेटिङ पार्टनर समेत रहेको इसेवा बिग्रिएको छ । ‘थोत्रो सिस्टम’ चलाइरहेको इसेवा एनपीएलको टिकट बिक्री खुलेकै पहिलो दिन बिग्रिएको हो ।
अक्टोबर २६ (कात्तिक ९ गते) देखि सुरु हुने एनपीएलको लागि शुक्रबारदेखि औपचारिक रुपमा टिकट बिक्री खुला गरिएको थियो । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् ।
लुम्बिनी लायन्स साविक विजेता र सुदूरपश्चिम रोयल्स उपविजेता भएकाले पनि उद्घाटन खेल रोचक हुने धेरैको अपेक्षा छ । यही कारण पनि टिकट बिक्री खुल्नेबितिकै इसेवामा एक्टिभ युजरको संख्या अत्याधिक बढेको थियो ।
त्यही युजरको लोड धान्न नसकेर टिकट बिक्रीको पहिलो दिन नै इसेवामा समस्या देखिएको थियो । टिकट बिक्री खुले पनि इसेवाबाट टिकट काट्नै नमिलेको इसेवा युजरहरुको गुनासो छ ।
ग्राहकहरुका अनुसार इसेवाका एनपीएलको टिकट किन्न खोज्दा लगइन फेल हुने, लगइन नहुने, एनपीएल टिकट सेक्सन नखुल्ने, खुले पनि टिकट बुक गर्न नमिल्ने र बुक गरे पनि पैसा तिर्न नमिल्ने समस्या एकैपटक देखिएका छन् ।
यता इसेवाका कर्मचारीले समेत युजर लोड धान्न नसक्दा सिस्टममा समस्या आएको स्वीकारेका छन् । यद्यपि हाल इसेवा चले पनि एनपीएलको पहिलो खेलका सबै टिकट ‘सोल्ड आउट’ देखाएको छ । यसरी इसेवाको सिस्टममै समस्या आएका कारण टिकट काट्न नपाएको भन्दै ग्राहकहरुले इसेवाप्रति असन्तुष्टि जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्