Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढी प्रभावित ऋणीलाई राष्ट्र बैंकको सहुलियत, किस्ता तिर्ने समय पुस मसान्तसम्म बढाइयो !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोटेकोशीमा आएको बाढीबाट प्रभावित ऋणीलाई ऋणको किस्ता तिर्न समय थप गरेको । बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले बाढी प्रभावित ऋणीहरुलाई ऋणको किस्ता तिर्न समय थप गर्न सक्ने व्यवस्था गरेको हो ।

सो निर्देशनमार्फत राष्ट्र बैंकले असोज मसान्तसम्म किस्ता भुक्तानी गर्नुपर्ने बाढी प्रभावित ऋणीलाई पुस मसान्तसम्मको समय थप गर्न सकिने व्यवस्था गरेको छ ।

उक्त सुविधा दिँदा बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको वित्तीय अवस्था, आयात तथा निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ । 

यी सबै पक्षको विश्लेषण गर्दा ऋणको किस्ता तिर्न कठिनाई भएका वास्तविक बाढी प्रभावित ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले असोज मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ताको समयावधि पुष मसान्तसम्म थप गर्न सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK