काठमाडौँ । प्रभु बैंकका सिइओ फरार भएका छन् । बैंकका सिइओ सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा सम्पर्कविहीन भएका हुन् ।
स्रोतका अनुसार बुधबार नै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर, पक्राउको तयारीबारे थाहा पाएपछि उनी फोर्स लिभ लिएर पर्सा हिँडेका थिए। उनी बैंकमा फोर्स लिभको इमेल एचआरलाई लेख्न लगाएर पर्सा हिँडेका थिए ।
पर्सा जिल्ला अदालतमा अञ्जली इन्टरनेसनलले दायर गरेको मुद्दामा तत्कालीन सनराइज बैंकका सिइओसहित तीन जना कर्मचारीलाई प्रतिवादी बनाएको छ । तत्कालीन सनराइजका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीविरुद्ध मुद्दा दायर भएको हो ।
तत्कालीन सनराइज बैंकबाट ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भए पनि धितो लिलामी गर्दासमेत ऋण नपाएको अभियोगपत्रमा उल्लेख छ ।
यता बैंकका सूचना अधिकारी रविन्द्र ढकालले भने यसबारे आफूलाई थाहा नभएको दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्