Skip to content
LAXMI SUNRISE BANK

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

अर्थ सरोकार

काठमाडौँ । चितवन जिल्लाका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । गत जेठ २५ गते समिति गठन भएको जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले पुर्जा प्राप्त गरेका छन् ।

यसैगरी, रत्ननगर–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि पुर्जा वितरण गरिएको छ । चितवनमा विभिन्न समयमा गठित आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।

हाल कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले पुर्जा तयार भइरहेको छ । जग्गाधनी प्रमाणपुर्जाका लागि ४३ हजारभन्दा बढीले आवेदन गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK