Skip to content
LAXMI SUNRISE BANK

बैंकर्स संघको अध्यक्ष बने ग्लोबल आइएमईका सिइओ रेग्मी, उपाध्यक्षमा कुमारीका सिइओ खनाल निर्विरोध

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी निर्वाचित भएका छन् ।

संघमा अघिल्लो कार्यकालका उपाध्यक्षलाई नै अध्यक्षमा निर्विरोध निर्वाचित गर्ने प्रचलन छ । सोही अनुसार रेग्मी संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनलाई संघको शुक्रबार साँझको साधारण सभाले औपचारिक रुपमा अध्यक्षमा निर्विरोध निर्वाचित गर्नेछ ।

त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल निर्विरोध भएका छन् । उनी यसअघि संघको कार्यसमिति सदस्य थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK