Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ८.५७ अंकले घट्यो नेप्से परिसूचक, बजार २६२८.१७ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार लक्ष्मी सन्राइज बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एनआईसी एशिया बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सोपान फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK