काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक-धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ । सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण कार्य अघि बढेको थियो ।
साँगा-धुलिखेल ८.४ किमी सडक ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक-साँगा ७.५ किमी करिब ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सूर्यविनायक-साँगा सडकखण्डको काम करिब ५५ प्रतिशत र साँगा-धुलिखेल सडकखण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको काम यस वर्ष चैत मसान्तसम्म सक्नुपर्ने सम्झौता छ ।
आयोजनाको बनेपा बजार क्षेत्रमा मापदण्ड विवादले निर्माण कार्य प्रभावित भएकोमा गत कार्तिकमा समस्या समाधान भएपछि अहिले काम जारी छ । निर्माण कार्य चलिरहेकाले कतिपय ठाउँमा चालक र यात्रुले धुलो र सवारी जामको समस्या भोग्नुपरेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

(सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी)

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page






प्रतिक्रिया दिनुहोस्