काठमाडौँ । स्मार्ट एग्रो एन्ड फुट इन्डस्ट्रिज लिमिटेडले नयाँ ब्राण्डको चामलको बिक्री सुरु गरेको छ । कम्पनीले ‘संगित’ ब्राण्डको नयाँ चामलको बिक्री सुरु गरेको हो ।
हाल कम्पनीले उत्पादन गरेको ‘संगित’ ब्राण्डको नयाँ चामल देशभर बिक्रीवितरण गरिरहेको छ ।
चामलमा आत्मनिर्भर हुने सरकारको लक्ष्यलाई सहयोग गर्दै कम्पनीले स्वदेशमै चामल उत्पादन र बिक्री गरिरहेको छ । हाल स्मार्ट एग्रोमा विदेशबाटसमेत माग आउँदा पनि स्वदेशमै सुपथ मूल्यमा चामल बिक्री गरिरहेको कम्पनीले जनाएको छ ।
जापानिज प्रविधिको उच्च स्तरीय मेसिन (स्टिम मेसिन) मार्फत चामल उत्पादन गर्दै आएको कम्पनीका सोना, सोनम र जिरा ब्राण्डका चामलहरु देशभर बिक्री भइरहेको छ । हाल उक्त कम्पनीमा प्रत्यक्ष रुपमा १ सय र अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारी पाएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा २ अर्बको कारोबार गरेको स्मार्ट एग्रोले ८ ब्राण्डका चामल उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरेका चामलहरु देशभर बिक्री वितरण भइरहेका छन् ।
कम्पनीले नेपाली उत्पादनलाई परम्परागतबाट वैज्ञानिक पद्धति तथा उन्नत प्रविधिको प्रयोग गरी नेपालीको भान्सामा सुपथ मूल्यमा पुर्याउने लक्ष्य लिएको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष गुप्ताले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्