झापा । झापाको गौरादहमा कृषि बजारको भवन शिलान्यास गरिएको छ । कृषि उत्पादनका बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले उक्त भवनको शिलान्यास गरिएको हो । पाँच साना किसान सहकारी संस्थाका साझेदारीमा निर्माण गरिने कृषि भवनको आज गौरादह नगर प्रमुख रोहितकुमार साहले शिलान्यास गर्नुभयो । नगर प्रमुख साहले कृषि उत्पादनसँगै बजारीकरण गर्न कृषि भवन उपयोगी हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
गौरादह-१ स्थित डिपु चौक रहने सो भवन बनाउन गौरादह, महरानीझोडा, जुरोपानी, कोहवरा र बैगुनधुरा साना किसान सहकारी संस्थाको २० लाख लगानी रहने जनाइएको छ । पाँचकोठे सो भवन छ महिनाभित्र निर्माण पूरा भइसक्ने गौरादह साना किसान सहकारी संस्थाकी अध्यक्ष तुलसा भुजेलले जानकारी दिनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्