काठमाडौं । सरकारले अर्थ सचिवमा मुधकुमार मरासिनीलाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको साउन १२ गते बसेको बैंठकले महालेखा नियन्त्रकको कार्यालयमा रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार गोविन्द रोकाका अनुसार गएको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिवमा नियुक्त गरेको हो ।
यस्तै सोही बैंठकले यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयको जिम्मा दिने निर्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो ।