काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले इन्फिनिटीलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
इन्फिनिटी लघुवित्तले ९८ रुपैयाँमा नेपाल एग्रो लघुवित्तलाई खरीद गरेको हो । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयर हुनेले इन्फिनिटीको ९८ कित्ता सेयर पाउनेछन् । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गने सम्बन्धमा दुबै संस्थाको विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको थियो ।
गत माघ २६ गते भएको प्राप्ती सहमतिलाई नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते सैद्धान्तिक सहमति दिएको थियो ।