काठमाडौँ । एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले कर्जातर्फको साउन १६ गतेरबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकको विभिन्न प्रकारको ॠणमा ९ दशमलव ९९ प्रतिशतदेखि १२ दशमलव ४९ प्रतिशतसम्म ब्याजदर रहेको छ । सबैभन्दा धेरै ब्याजदर हाउजीङ लोनमा १० वर्षभन्दा माथिको लागि १२ दशमलव ४९ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ ।