×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्डलिंकद्वारा नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गरिने

PRIME CA

वर्ल्डलिंकद्वारा नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गरिने

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले बृद्धि भइरहेको छ जसले गर्दा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको छ । गुणस्तरिय किसिमको इन्टरनेट प्रयोगका लागि याँहानै सकेसम्म प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भरहरू हुनु आवश्यक हुन्छ, जसले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डार गर्दछ । नेपालले इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनिय बृद्धि हुने सम्भावना देखिरहेको छ । यसबाहेक सरकारले डिजिटल नेपाललाई नेपाल सरकारको राष्ट्रीय गौरव परियोजनाको रूपमा पनि घोषणा गरेको छ, त्यसैले अब दुरसंचार पूर्वाधार, नेटवर्क र विकसित प्रबिधिको ठूलो आवश्यकता पर्नेछ । सरकार र निजी क्षेत्रका संस्थाहरूले छिटो उच्च प्रबिधि यूक्त डिजिटल प्रबिधिहरूसँग अनुकूल बनाउनुपर्ने हुन्छ र साथै क्लाउडमा आधारित सेवाहरुमा समेत छिटो भन्दा छिटो अघि बढ्नु पर्नेछ । यस आवश्यकतालाई पूरा गर्न नेपाल भित्र एक सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुबिधा भएको डाटासेन्टर हुनु हालको समयको आवश्यकता रहेकोछ ।
डिजिटल नेपाल निर्माण गर्न सरकारको उद्देश्य लाई पछ्याउँदै, नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । यी डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको छ । १४ डाटसेन्टरहरू मध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो , अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डाटासेंटरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ । यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हनेछन यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र सम्पूर्ण देशलाई लाई चाहिने सूचना प्रबिधि , दुरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ ।
आगामी ३ बर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्ने छ। यसको उद्देश्य हाम्रो ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु हो। यी इन्टरनेट डाटासेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउनेछन । यहाँसम्म कि सरकारी र निजी संस्थाहरूले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु संचालन गर्न एउटा धेरै नै सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्नेछन । वर्ल्डलिंकले डाटासेन्टर निर्माणमा नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण तथा नेपाल सरकारसंग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधार को रुपमा स्थापित हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: