×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कन्सूलरहरुका नवनियुक्त डिनद्वारा पदभार ग्रहण

LAXMI SUNRISE BANK
GLOBAL

कन्सूलरहरुका नवनियुक्त डिनद्वारा पदभार ग्रहण

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर र्कप्स-नेपाल (एचसीसी-एन)का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहकाबीच पदभार ग्रहण गरेका छन् । आजको विशेष समारोहमा निवर्तमान डिन तथा मोरक्कोका अबैतनिक महावाणिज्य दूत बसन्त चौधरीले नवनियुक्त डिन लोकमान्य गोल्छालाई पदभार हस्तान्तरण गरे । एचसीसीएन नेपालमा विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरुको संख्या ५३ रहेको छ ।

कोभिड १९ महामारीको पहिलो र दोश्रो लहरको भयावह अवस्थामा आ-आफूले प्रतिनिधित्व गर्ने देशहरुमार्फत कन्सूलरहरुले स्वास्थ्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । महामारीकाबीच लकडाउनका कारण विभिन्न देशका नागरिकहरु आफ्नो देश नफर्किन सकेको बेला एचसीसीएनका सदस्यहरुले अहोरात्र खटी ती टुरिष्टहरुलाई उनीहरुको मुलुक फिर्ता पठाउने कार्य गरेका थिए ।
नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी-एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् ।

उनी गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् । सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी-एन गठन भएको थियो । एचसीसी-एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी-एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी