काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा गुराँस लघुवित्त वित्तीय संस्थाले २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा ५१४.७६% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३५ लाख ८९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसाले बढेर २६ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने १४७ रुपैयाँ ५५ पैसा छ । यस्तै खुद ब्याज आम्दानी ६९.६२% र सञ्चालन नाफा ५००% ले बढेको कम्पनीले जनाएको छ ।
असारसम्म २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्