×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी कमर्सियल बैंकको बाउन्स चेक काट्ने पक्राउ, ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना

PRIME CA

सेन्चुरी कमर्सियल बैंकको बाउन्स चेक काट्ने पक्राउ, ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना

अर्थ सरोकार

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले महालक्ष्मी स्थानबाट शनिबार ४२ वर्षीय चिरायु खालिङ्लाई पक्राउ गरेको हो । उनीमाथि उच्च अदालत पाटनले सो मुद्दामा २०७७/११/१० गते ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना सुनाएको थियो ।
त्यसपछि उनि फरार भएका थिए । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सेन्चुरी कमर्सियल बैंकको चेक काटेर दिएका थिए । खालिङ्माथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सजाय हुने गरी फैसला भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: