×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा मास्क नलगाई हिँड्ने सवारीधनी कारवाहीमा, एक लाख ३७ हजार रुपैयाँ जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गण्डकी प्रदेशमा मास्क नलगाई हिँड्ने सवारीधनी कारवाहीमा, एक लाख ३७ हजार रुपैयाँ जरिवाना

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गण्डकी  । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ । यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो । मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप एक लाख ३७ हजारसङ्कलन गरिएको उहाँले बताउनुभयो ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी