Skip to content
LAXMI SUNRISE BANK

आँधिखोला लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ११५.९५ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानीमा पनि लोभलाग्दो प्रगति

अर्थ सरोकार

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थि वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ११५.९५% ले बढाएर ४ करोड १० लाख ५७ हजार रुपैयाँ कमाउन सफल भएको जनाएको हो ।
अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९० लाख १२ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी ३८.६९% र सञ्चालन नाफा १०२.८५% ले बढेको छ ।
यस्तै प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७६ पैसाले बढेर वार्षिक ४१ रुपैयाँ ०६ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK