काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् । पार्टीका एक नेताको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन् । माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव(छोरी) गंगा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग समेत कुरा गरेका थिए ।
नेता केसीसँग समेत कुरा गरी करिब १५ मिनेट अस्पताल बसेर उनी बाहिरिएका थिए । माओवादीका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि अगस्ट ४ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातिमा समेत सामान्य समस्या देखिएको छ । अवस्था सामान्य छ । केसीमा कोभिडको लक्षण समेत देखिएको सोमबार नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आइसकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्