×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौथो त्रैमासमा ३१.४०% ले बढ्यो नेपाल बैंक लिमिटेडको नाफा, प्रतिसेयर आम्दानीसहितका अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चौथो त्रैमासमा ३१.४०% ले बढ्यो नेपाल बैंक लिमिटेडको नाफा, प्रतिसेयर आम्दानीसहितका अन्य सूचकको अवस्था कस्तो ?

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बैंक लिमिटेडले खुद नाफा ३१.४०% ले बढाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३१.४०% ले बढाएर ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ कमाएको जनाएको हो । आघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकका अनुसार असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसारहेको छ । यस्तै बैंकको वितरणयोग्य नाफा ५८.२०% ले बढेर ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १४.९८% ले बढेर ६ अर्ब ४६ करोड ६ लाख ३६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३८.३४% ले बढेर ४ अर्ब ४९ करोड ३४ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी