Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकका सिइओ सुमन शर्माले गरे ‘आत्मसमर्पण’, अहिले प्रहरी नियन्त्रणमा, अदालतमा आजै थुनछेक बहस !

अर्थ सरोकार

काठमाडौँ । फौजदारी केसको मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी भएसँगै ‘फरार’ रहेका प्रभु बैंकका सिइओ सुमन शर्माले आत्मसमर्पण गरेका छन् । पक्राउ गर्न प्रहरीले खोजिरहेका उनी आज जिल्ला अदालत पर्सा उपस्थित हुनेगरी आत्मसमर्पण गरेका हुन् । पक्राउ पुर्जी जारी भएपछि उनी भागेका थिए । 

हाल उनी प्रहरी नियन्त्रणमा छन् भने केही बेरमा अदालत उपस्थित हुन लागेका छन् ।  

उनलाई पूर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा सामान्य तारेखमा छाड्ने भन्ने विषयमा आजै थुनछेक बहस हुँदैछ ।

उनलाई अदालतले धरौटी माग गरी छाड्न, सामान्य तारेखमा छाड्न वा पूर्पक्षका लागि कारागार चलान गर्न सक्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK