काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १.०४% ले खुद नाफा बढाएर ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ कमाएको जानेको हो ।अघिल्लो वर्ष सोहि अवधिमा सो कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसमा कम्पनीले बिमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना नगरेको जनाएको छ । असार मसान्तसम्म यस कम्पनीको जीवन बिमा कोषको आकार २९.२८% ले बढेर १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख २४ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन १६.९३% ले बढेर ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
यद्यपि जगेडा कोष भने घटेको कम्पनीले जनाएको छ । बिमांकीय मूल्यांकनभन्दा अघिको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्