काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ आज कार्यालय समयसम्म आवेदन दिन सकिने भएको हो । बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ बिक्रीमा ल्याएको थियो ।
जसमा ०.५% अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार साँझसम्ममा १८ लाख ५६ हजार ५५० आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । जुन आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६५.२० गुणा धेरै हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्