
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही हप्ता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बैंकको आईपीओ आगामी शुक्रबारसम्म बाँडफाँट गरिने जनाएको छ । यद्यपि शुक्रबारसम्म बाँडफाँट गर्ने सकिएमा शनिबार बाँडफाँट गर्ने तयारी गरेको छ ।
नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओमा ५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्