×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५५% ले बढ्यो सनराइज बैंक लिमिटेडको खुद नाफा, वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१०.५५% ले बढ्यो सनराइज बैंक लिमिटेडको खुद नाफा, वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ (विवरणसहित)

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल सनराइज बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १०.५५% धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा रहेको जनाएको छ । बैंकको वितरणयोग्य नाफा पनि १३.६९% ले बढेर ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.७७% ले घटेको छ भने सञ्चालन नाफा १८.९१% ले बढेको छ । यस्तै बैंकको निक्षेप संकलन १७.९६% ले घट्दा कर्जा लगानी भने २४% ले बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी