×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रे सेवा समाज कासेसद्धारा बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई दुई लाख ५० हजार सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काभ्रे सेवा समाज कासेसद्धारा बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई दुई लाख ५० हजार सहयोग

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे । काभ्रे सेवा समाज (कासेस)ले कोभिड–१९ सहयोगअन्तर्गत पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।

केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र समाज अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समाजका सल्लाहकार खरेलले बौद्धिक अपाङ्ग भएका बालबालिकालाई सहयोगको आवश्यकता पर्ने भएकाले केन्द्रमा हाल आश्रितलाई दैनिक खाना–खाजामा सहयोग पुगेको बताउनुभयो ।

समाजका अध्यक्ष महतले कोभिड-१९ को लहर फैलिएलगत्तै विभिन्न दाताको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेका बताउँदै कोभिड-१९ राहत सहयोगअन्तर्गत बौद्धिक अपाङ्ग भएका व्यक्तिलाई सहयोग दोस्रो कार्यक्रम भएको बताउनुभयो ।

उहाँले केन्द्रलाई तत्कालै सहयोगस्वरुप पाँच हजार र पनौती नपा-५, ढलमलेका जनस्वास्थ्यकर्मी रञ्जुसिंह थापाले तीन हजार प्रदान गर्नुभएको थियो । यस्तै वडामध्ये शिवशरण तामाङले केन्द्रलाई २५ हजार प्रदान गर्नुभएको छ ।

केन्द्रका कोषाध्यक्ष रमेश खरेल र सचिव एवं शिक्षिका सुधा खरेलले अन्य खाले अपाङ्गताभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुन:स्थापना जटिल हुने अनुभव सुनाउनुभयो । २०५८ सालमा स्थापित केन्द्रमा हाल २६ विद्यार्थी, शिक्षक र सुसारे छन् ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी